विरौटाबाट साढे ३४ तोला सुन चोरी

पाेखरा | जेठ १३, २०८१

विरौटाबाट साढे ३४ तोला सुन चोरी

पोखरा:   कास्कीको विरौटाबाट नगदसहित सुनका गरगहना चोरी भएको छ ।

 

कास्की प्रहरीका अनुसार गत शनिबार पोखरा महानगरपालिका १७ विरौटास्थित लक्ष्मीकान्त शर्माको घरबाट सुनका गरगहना ३४ तोला ५५ लाल चोरी भएको हो ।

 

सुनका गहनासँग नगद रु ३ लाख ७५ हजार, आइफोन, क्यानन क्यामेरा, म्याकबुक (ल्यापटप), आइप्याड, घडी, लगायतका जिन्सी समाग्रीहरु चोरी भएको वडा प्रहरी बैदाममा निवेदन परेको एक प्रहरी अधिकृतले जानकारी दिए । 

 

शर्माको घरमा डेरागरी बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरूसमेत चोरी भएको बताइएको छ । 

 

प्रारम्भिक अनुसन्धानबाट करिब ७० लाख बढीको चोरी भएको बताइएको छ ।

 

अहिले घटनाबारे थप अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी तिब्र पारेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्